समाज


राशिफल २६ जेठ: कुम्भको प्रतिष्ठा बढ्ने, सिंहको निर्णय क्षमता कमजोर रहने, तपाईँको दिन कस्तो?

राशिफल २६ जेठ: कुम्भको प्रतिष्ठा बढ्ने, सिंहको निर्णय क्षमता कमजोर रहने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
जेठ २६, २०८३ मंगलबार ४:३६, काठमाडौँ

मङ्‌गलबार, २६ जेठ २०८३ (९ जुन २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक हुनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु होला। अध्ययन तथा पठनपाठनमा अपेक्षित प्रगति नदेखिन सक्छ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृष: ढिलो भए पनि अधुरा काम सम्पन्न हुनेछन्। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। जोस, जाँगर र आत्मविश्वास बढ्नेछ। कुटुम्ब तथा परिवारजनबाट विशेष सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध अझ सुदृढ बन्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन: रमणीय तथा सुखद यात्राको योग छ। विशिष्ट व्यक्तिलाई प्रभावित पारेर महत्त्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ। सामाजिक तथा सार्वजनिक कार्यमा रुचि बढ्नेछ। सकारात्मक सोच र सद्विचारले प्रेरित व्यक्तिहरूलाई विशेष लाभ प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट: आफ्नो क्षमता र कार्यकुशलताले अरूको मन जित्न सकिनेछ। प्राविधिक क्षेत्रमा उन्नति हुनुका साथै आर्थिक वृद्धिको सम्भावना बलियो छ। प्रेमी वा प्रियजनको साथ र सहयोग प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह: मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णय क्षमतामा कमी आउनेछ। आत्मघाती काम गर्न पुगिएला, सावधान हुनुपर्छ। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। साँझमा भने सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कन्या: कार्य सम्पादनमा सहजता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ। सेयर बजारले राम्रो साथ दिनेछ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: कीर्तिमानी काम गर्ने समय छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। जोस, जाँगर र उमङ्ग बढ्नेछ। कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। पुँजी बजारमा लगानीको अवसर छ।

भाग्यशाली रङ घ्यू रङ हो भने अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लक्ष्मी प्राप्तिको राम्रो छ। प्रतिस्पर्धामा उत्कृष्ट बनिनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ आकासे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

धनु: झन्झटिलो काममा संलग्न हुनुपर्नेछ, जसबाट आर्थिक नोक्सानी पनि होला। श्रमअनुसार पारिश्रमिक प्राप्त नहुन सक्छ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला, आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मकर: नयाँ र शुभकार्यको चर्चा चल्नेछ। ज्ञानवृद्धि हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग देखिन्छन्। पुँजी बजारको लगानीबाट हानि हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ। सुखद यात्राको अवसर प्राप्त हुनेछ। सेयर बजारमा लगानीको अवसर छ। आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दिनको उत्तरार्धमा खर्च  बढ्न सक्छ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन: नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। सरकारी जागिरेलाई बढुवा, प्रशंसा र पुरस्कारको योग छ। लक्ष्मीप्राप्ति हुन सक्छ। प्रतिस्पर्धामा उत्कृष्ट स्थान हासिल हुनेछ। टाढिएका मित्रसँग नजिकिने समय छ।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad