दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले १६ मेट्रो स्टेसन अनिश्चितकालका लागि बन्द गरेको छ।
दिल्ली मेट्रो रेल कर्पोरेसनले स्थानीय समयअनुसार बुधबार बिहान ११:२७ बजेदेखि १६ मेट्रो स्टेसन अर्को सूचना नआउँदासम्मका लागि बन्द गरिएको घोषणा गरेको हो।
सामाजिक सञ्जाल एक्समा १६ मेट्रो स्टेसनको नामसहित डीएमआरसीले लेखेको छ, "यी मेट्रो स्टेसन अर्को सूचना नभएसम्म बन्द रहनेछन्। यद्यपि राजीव चौक, मन्डी हाउस र केन्द्रीय सचिवालयमा इन्टरचेन्ज सुविधा उपलब्ध हुनेछन्।"
डीएमआरसीका अनुसार लोककल्याण मार्ग, राजीव चोक, पटेल चोक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मन्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम रेल स्टेसन बन्द गरिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार ककरोच जनता पार्टी (सीजेपी) ले भारतको राजधानी दिल्लीस्थति जन्तरमन्तरमा जारी राखेको विरोध प्रदर्शनका कारण ती रेल स्टेसन बन्द गरिएका हुन्। आज बुधबार विरोध प्रदर्शनको ३३औँ दिन हो।
बुधबार बिहानैदेखि हजारौँ प्रदर्शनकारीहरू त्यहाँ भेला भएका छन्। जहाँ यही जुलाई २० मा आयोजित संसद् मार्चमा प्रहरीका लाठी र अश्रुग्यास खाएकाहरू पनि छन्।
Shares

प्रतिक्रिया