ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गर्न आदेश दिएको छ।
उनलाई कुको प्रयास र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको मुद्दामा दोषी ठहर गरिएको हो।
न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भने, ‘मुद्दाको अन्तिम फैसला आइसकेको छ र अब कुनै पुनरावेदन हुन सक्दैन।’
७० वर्षीय बोल्सोनारोले राजधानी ब्रासिलियाको जेलमा आफ्नो सजाय भुक्तान गर्नुपर्नेछ, जहाँ उनी शनिबारदेखि नै हिरासतमा छन्।
घरमै नजरबन्दमा रहँदा निगरानी मनिटर हटाएपछि उनलाई हिरासतमा राखिएको हो।
पछि उनले मनिटर हटाउने प्रयास गरेको स्वीकार गरे पनि भाग्ने उनको कुनै मनसाय नभरहेको बताएका थिए।
न्यायाधीश मोरेसले आफ्नो आदेशमा बोल्सोनारोलाई पूर्ण-समय चिकित्सा हेरचाह प्राप्त गर्न आदेश दिएका छन्।
किनकि उनको चिकित्सा टोलीले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेको थियो।
Shares

प्रतिक्रिया