ग्लोबल


इरानले २६ वर्षीय आन्दोलनकारीलाई मृत्युदण्ड दिन लागेपछि ट्रम्पले भने: कडा कारबाही गर्नेछौँ

इरानले २६ वर्षीय आन्दोलनकारीलाई मृत्युदण्ड दिन लागेपछि ट्रम्पले भने: कडा कारबाही गर्नेछौँ

नेपालखबर
पुस ३०, २०८२ बुधबार १४:४२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दियो भने आफ्नो देशले ‘कडा कारबाही’ गर्ने चेतावनी दिएका छन्। 

बीबीसी फारसीका अनुसार इरानमा जारी आन्दोलनका क्रममा गत हप्ता पक्राउ गरिएका २६ वर्षीय इरफान सोल्टानीका आफन्तले उनलाई बुधबार मृत्युदण्ड दिइने बताएका छन्। 

बीबीसी सम्बद्ध सीबीएस न्युजसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘यदि उनीहरूले मृत्युदण्ड दिए भने तपाईंले केही चिज देख्नुहुनेछ... यदि उनीहरूले त्यसो गरे भने हामी धेरै कडा कारबाही गर्नेछौँ।’

सोल्टानीका एक आफन्तले बीबीसी फारसीलाई बताएअनुसार इरानी अदालतले ‘धेरै छिटो केवल दुई दिनभित्र’ मृत्युदण्डको सजाय सुनाएको छ।

देशमा बढेको महँगी र बिग्रँदो आर्थिक अवस्थाको विरोधमा इरानमा गत डिसेम्बर २८ देखि विरोध प्रदर्शन जारी छ। 

जारी प्रदर्शनमा १२ हजार जनासम्म मारिएको आशंकाका समाचार आइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad