युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्दा युक्रेनमा रुसको आक्रमण अन्त्य गर्ने विषयमा छलफल गर्न आग्रह गरेका छन्।
चीन रुसको नजिकको आर्थिक र राजनीतिक साझेदार हो। रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेको थियो।
बेइजिङले युक्रेन युद्धमा तटस्थ अडान लिएको छ। चीनले रुसको आक्रमणको कहिल्यै निन्दा गरेको छैन।
‘हामी हाम्रा अमेरिकी साझेदारसँग निरन्तर सम्पर्कमा छौँ’, जेलेन्स्कीले रोमानियामा आयोजित शिखर सम्मेलनमा भने।
अमेरिकाका राष्ट्रपति ट्रम्प बुधबार चीन पुगेका छन्।
जेलेन्स्कीले भने, ‘हामी युक्रेनमा अमेरिकी भूमिकाका लागि आभारी छौँ र थप आशा पनि गर्दछौँ कि युक्रेनविरुद्ध रुसको युद्ध अन्त्यको मुद्दा अहिले पनि उठ्नेछ।’
दोस्रो विश्वयुद्धपछि युरोपमा जारी रक्तपातपूर्ण युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको प्रयास असफल भइरहेका बेला जेलेन्स्कीको यो टिप्पणी आएको हो।
ट्रम्पको पहलमा गत साता रुस र युक्रेनबीच तीन दिन युद्धविराम भएको थियो तर अहिले यसको अवधि सकिएको छ र एकअर्काविरुद्ध ठुलो मात्रामा आक्रमण सुरु भइसकेको छ।
Shares

प्रतिक्रिया