ग्लोबल


इरानलाई ट्रम्पको चेतावनी: घडी टिकटिक गर्दै छ, केही पनि बाँकी नरहला

इरानलाई ट्रम्पको चेतावनी: घडी टिकटिक गर्दै छ, केही पनि बाँकी नरहला

नेपालखबर
जेठ ४, २०८३ सोमबार ७:२९, काठमाडौँ

अमेरिका र इरानबिच केही हप्तादेखि युद्धविराम छ, तर द्वन्द्व स्थायी रूपमा अन्त्य भइसकेको छैन।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब समय सकिँदै गएको बताएका छन्।

दोस्रो चरण वार्ता गर्ने प्रयास अवरुद्ध भएपछि ट्रम्पले इरानलाई घडीको सुई छिटो-छिटो घुमिरहेको चेतावनी दिएका हुन्। 

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानका लागि घडी टिकटिक गर्दै छ, उनीहरू छिटो अघि बढेको राम्रो, नत्र तिनीहरूको केही पनि बाँकी रहनेछैन। समय धेरै मूल्यवान छ।’

अर्कातर्फ इरानी सञ्चारमाध्यमले इरानको पछिल्लो प्रस्तावमा अमेरिकाले कुनै काम नगरेको उल्लेख गरेको छ।

समाचार एजेन्सी मेहरले भनेको छ, 'अमेरिकाले सम्झौता नगर्दा वार्ता रोकिएको छ।'

पाकिस्तानमा भएको पहिलो वार्ता असफल भएपछि अमेरिका र इरान दोस्रो चरण वार्तामा बस्ने वातावरण नबन्दा फेरि आक्रमण सुरु हुने संकेत देखिएका छन्। 

आइतबार मात्र ट्रम्पले सामाजिक सञ्जालमा सैन्य कमान्डरसँग उभिएको आफ्नो तस्बिर पोस्ट गरेका छन् भने हालै न्युयोर्क टाइम्सले पनि अमेरिका र इजरायल फेरि इरानमा हमला गर्ने तयारीमा रहेको रिपोर्ट प्रकाशन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad