ad ad

ग्लोबल


ट्विटरले खोस्यो फुटबल स्टार रोनाल्डोको पनि ‘ब्लु टिक’

ट्विटरले खोस्यो फुटबल स्टार रोनाल्डोको पनि ‘ब्लु टिक’

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार २१:२४, काठमाडौँ

सामाजिक सञ्जाल ट्विटरले कम्पनीको नियमानुसार पैसा नतिर्ने प्रयोगकर्ताको ‘ब्लु टिक’ धमाधम हटाउन थालेको छ। 

कम्पनीको नयाँ नीतिअनुसार मासिक ८ डलर नतिर्ने प्रयोगकर्ताको ‘ब्लु टिक’ ट्विटरले शुक्रबारदेखि हटाउन थालेको हो। 

यसैबीच पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले पनि ‘ब्लु टिक’ गुमाएका छन्। विश्वमै सबैभन्दा धेरै फ्यान, फलोइङ भएका पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पनि ट्विटरको ब्लु टिक गुमाएका हुन्।

हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल स्टार रोनाल्डोले मासिक ८ डलर नतिरेपछि ब्लु स्टिक हटाइएको हो। ट्विटरमा रोनाल्डोका १०८ मिलियन फलोअर रहेका छन्।

ट्विटरले कयौँ ठूला सेलिब्रिटीहरुको पनि ‘ब्लु टिक’ हटाएको छ। 

एलन मस्कको प्रविधि कम्पनी ट्विटरले ८ डलर नतिर्नेको ‘ब्लु टिक’ खोस्दा कयौँ सेलिब्रिटीदेखि सामाजिक संस्था र सञ्चारमाध्यम पनि प्रभावित बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .