अमेरिकाका अर्थमन्त्री स्कट बेसान्टले टिकटकको अमेरिकी सञ्चालनको स्वामित्व सम्बन्धमा चीनसँग सम्झौताको ढाँचा तयार भएको बताएका छन्।
स्कट बेसान्टले म्याड्रिडमा भएको व्यापार वार्तामा यो रूपरेखा तय भएको उनको भनाइ छ।
उनले भने, ‘अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङले शुक्रबार यो सम्झौतालाई अन्तिम रूप दिनेछन्।’
ट्रम्पले ट्रुथ सोसलमा ‘म्याड्रिड वार्ता धेरै राम्रो थियो र हाम्रो देशका युवाले बचत गर्न चाहेको कम्पनीमा सम्झौता भएको’लेखेका छन्।
टिकटकको चिनियाँ कम्पनीले अमेरिकामा आफ्नो काम सञ्चालनका लागि खरिदकर्ता खोज्ने अन्तिम मिति नजिकिँदै छ। बीबीसी
102
Shares

प्रतिक्रिया