ad ad

कर्णाली


कर्णालीका पूर्वमुख्यमन्त्री शाहीलाई केन्द्रमा मन्त्री बनाउने प्रचण्डको आश्वासन

कर्णालीका पूर्वमुख्यमन्त्री शाहीलाई केन्द्रमा मन्त्री बनाउने प्रचण्डको आश्वासन

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १७:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालीकोटबाट महेन्द्रबहादुर शाही केन्द्रमा मन्त्री बन्ने पक्का भएको बताएका छन्।

मंगलबार कालिकोटको सदरमुकाम मान्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।

प्रचण्डले शान्ति सम्झौता भएको दिनदेखि नै गिरजाप्रसाद कोइरालाले लालसलाम र आफूले जय नेपाल भन्ने गरेको दोहोर्याए।

उनले यो गठबन्धन विगतकै शान्ति सम्झौताको निरन्तरता भएकाले बिना हिचकिचाहट गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह पनि गरे।

 प्रचण्डले निर्वाचन पछि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा राखिने आश्वासन दिए।

कर्णाली करिडोर लगायतका सडक सञ्जालको स्तोरन्नती गर्ने कुरामा आफू प्रतिबद्ध रहेको उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .