कर्णाली


कर्णाली प्रदेश सभाका १६ समानुपातिक सांसद, कुन दलबाट को–को?

कर्णाली प्रदेश सभाका १६ समानुपातिक सांसद, कुन दलबाट को–को?

दिनेश बुढा
मंसिर २७, २०७९ मंगलबार २१:२०, सुर्खेत

कर्णाली प्रदेश सभामा समानुपातिकतर्फका १६ वटै सांसद चयन भएका छन्। नेकपा माओवादी केन्द्रले आफ्ना समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएसँगै १६ वटै समानुपातिक सांसदको टुंगो लागेको हो। 

कर्णाली प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा आदिवासी जनजाती र पिछडीएको क्षेत्रबाट हुम्लाकी जुम्कित लामा कार्की, खसआर्य महिलातर्फ कालीकोटकी यशोदा न्यौपाने र रुकुम पश्चिमकी मिलन खड्का रोका र दलिततर्फ डोल्पाकी उर्मिला विकसमानुपातिक सांसद बनेकी छन्। 

यसअघि नै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना समानुपातिक संसादको सूची निर्वाचन आयोगमा बुझाई सकेका छन्। 

नेपाली कांग्रेसबाट आदिवासी जनजातीतर्फ सुर्खेतकी बलिमाया बुढा, खसआर्य महिलाबाट सुर्खेत वीरेन्द्रनगरकी जानकी सिंह र हुम्लाकी बिजया बुढा, पिछडीएको क्षेत्रबाट दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी इन्द्राकुमारी शाही र महिला अलितबाट सल्यानकी लक्ष्मी सुनार समानुपातिक सांसद बनेका छन्। 

यस्तै, एमालेबाट खसआर्यतर्फ कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, पिछडीएको क्षेत्रबाट हुम्लाका कलबहादुर हमाल, दलित महिला तथा पिछडीएको क्षेत्रबाट दैलेख आठबीस नगरपालिकाकी गमता विक र आदिवासी जनजातीबाट सुर्खेतकी नन्दा गुरुङ चयन भएका छन्। 

नेकपा एकीकृत समाजवादीबाट महिला खसआर्यतर्फ रुकुम पश्चिमकी कल्याणी खड्का समानुपातिक सांसद चयन भएकी छन्। कर्णाली प्रदेश सभामा समाजवादीले प्रत्यक्षतर्फ भने कुनै सिट ल्याउन सकेको छैन।

यस्तै, राप्रपाले पनि एक सिट समानुपातिकमा पाएको छ। खसआर्यतर्फ सुर्खेतकी सन्तोषी शाही सांसद बनेकी छन्। 

कर्णाली प्रदेशभर कूल खसेको सदरमत ५ लाख ७७ हजार ८२९ मध्ये एमालेले १ लाख ८३ हजार ९९० मत प्राप्त गरेको छ। कांग्रेसले १ लाख ७० हजार ७५६ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ प्राप्त गरेको छ। नेकपा एकीकृत समाजवादीले ३६ हजार ८२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ मत प्राप्त गरे।

समानुपातिकमा २८ दलले निर्वाचन आयोगमा उम्मेदवारको बन्दसुची बुझाएका थिए। ती मध्ये पाँच दलले मात्रै समानुपातिक सांसद बनाउन पाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .