कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई समृद्ध बनाउन सबै दल एकजुट भएर जानुपर्ने बताएका छन्।
शनिबार प्रदेशसभाको पाँचौ स्थापना दिवसको अवसरमा सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नउले कसैले पनि जुहारी नखेल्न आग्रह गरे।
उनले भने, ‘हामी कर्णालीलाई समृद्ध बनाउने कुरा गर्छौं। तर, जुहारी खेल्छौं। त्यसैले समृद्ध कर्णाली बनाउनका लागि मिलेर लागौं, जुहारी खेलेर हैन्।’
उनले पूर्वमुख्यमन्त्री जीवन शाहीप्रति गर्दै भने ‘म कसैसँग जुहारी खेल्ने पक्षमा छैन।’
कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहीप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन्। शर्माभन्दा पहिला सोही कार्यक्रममा शाहीले सम्बोधन गरेका थिए।
मुख्यमन्त्री शर्माले तर्कलाई बंग्याएर समाज अघि बढ्न नसक्ने पनि बताए।
उनले भने, ‘दोहोरी खेल्नु छैन, हामी कर्णाली समृद्धिको अभियानमा छौँ। एकताका माध्यमबाट अघि बढ्नुपर्छ। सम्भवत राष्ट्रिय मार्ग पनि यही हो। परम्पराको पुच्छर समायर दौडिने पक्षमा म छैन।’
साथै शर्माले संघीयता राम्रोसँग लागू नभएको तर्क गरे। अझ प्रशासनिक संघीयताको स्थिती जर्जर देखिएको समेत उनको भनाई छ। शर्माले समाजवाद उन्मुखतर्फ छलफलहरु केन्द्रीत हुन् जरुरी रहेको बताए।
प्रतिक्रिया