कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री शर्माको सम्पत्ति विवरण आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसभाइटमा राखिएको छ।
उक्त जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ।
यस्तै, रुकुमको चौरजहारी नगरपालिका–१४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २१ सय २० वर्ग मिटर जग्गा आफ्नो नाममा रहेको उल्लेख गरेका छन्।
यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ।
यस्तै, मुख्यमन्त्री शर्माले सेवा सुविधाबाट प्राप्त नेपाल बैंक लिमिटेडमा ५ लाख नगद र अन्दाजी दुई तोला सुन माइतीबाट प्राप्त भएको उल्लेख गरेका छन्।
लमही नगरपालिका १ दाङमा कृषि तथा पशुधनमा अन्दाजी तीस लाख लागतमा ६०० बोट ड्रागन फल खेती गरिरहेको र उक्त खेतीबाट वार्षिक १५ देखि १६ लाखसम्म आम्दानी हुने मुख्यमन्त्री शर्माको सम्पत्ति विवरणमा उल्लेख छ।
कर्णालीका अन्य मन्त्रीको सम्पत्ति विवरण भने हालसम्म पनि सार्वजनिक भएको छैन।
प्रतिक्रिया