कर्णाली


मुगु हिमपहिरोमा बेपत्ताको खोजिका लागि २१ सुरक्षाकर्मी खटिए

मुगु हिमपहिरोमा बेपत्ताको खोजिका लागि २१ सुरक्षाकर्मी खटिए

नेपालखबर
बैशाख २५, २०८० सोमबार २०:३, काठमाडौँ

मुगु हिमपहिरोमा परि बेपत्ता भएकाहरुको खोजीका लागि २१ जना सुरक्षाकर्मी खटिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी २१ जना सुरक्षाकर्मी बेपत्ताहरुको खोजी तथा उद्धारका लागि खटिएका हुन्। 

मुगुको कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेकमा मुगुका १ र जुम्लाका १४ गरी जम्मा १५ जना यार्सा टिप्न गएका थिए। उनिहरू मध्ये जुम्लाका ३ जना हिमपहिरोमा परी बेपत्ता भएका छन्। साथै १२ जना सकुशल घर फर्किएका छन्। 

उक्त हिमपहिरोमा परि बेपत्ता हुनेमा जुम्लाको पातारासी–२ तल्फीगाउँका ४२ वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पूर्णसिंह सार्की र ३६ वर्षीय वीर बोहोरा रहेका कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए। 

यस्तै, बेपत्ताहरुको खोजीकार्यका लागि १० जना सशस्त्र प्रहरी वल, ११ जना नेपाल प्रहरी साथै यार्सा टिप्न गएका १२ जना मध्येका दुई जना स्थानीय गरी २३ जना रहेका छन्। रोकायाका अनुसार सुरक्षाकर्मीसहितको टोली उद्धारका सामाग्रीका साथ घटना स्थलतर्फ सोमबार बिहान करिब साढे ११ बजे हिँडको छ।

‘घटनास्थल च्यार्खु लेक नजिकै एउटा चौर रहेछ। त्यहाँ हेलिक्पटर जान सकेन्। यदी गए पनि एक जना मात्रै बोकेर जानसक्ने भएकाले घटनास्थल भन्दा धेरै तल हेलिकोप्टर बस्यो’, रोकायाले भने, ‘त्यहाँबाट उद्धारको टोलीले खाना खाएर अगाडी बढेको छ। भोलीसम्म घटनास्थलमा पुग्छ होला सम्पर्क भएको छैन्।’

उनले थपे, ‘यार्सा टिप्न गएका एक जना मुगुका र तीन जना जुम्लाका आज बिहान मुगुमै थिए। ती चार जना मध्ये जुम्लाका २ जना पनि सुरक्षाकर्मीसँगै खोजीका लागि गएका छन्। आठ जना जुम्ला फर्किएका छन्। भने एक जना मुगुका र एक जुम्लाका मुगुमै रहेका छन्।’

यस्तै, जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदर्शन पन्थिले बिहान सुरक्षाकर्मीलाई हेलिकोप्टरले सिरान चौरमा छोडेको बताए। 

उनले भने, ‘त्यहाँबाट उद्धारको टोली खाना खाएर बिहान साढे ११ बजे हिँडेको छ। साँझको बाँस छापाखोलामा बस्ने कुरा थियो। सिरान चौरबाट छापाखोला पुग्न १० घण्टा लाग्ने भन्ने छ। तर, उनिहरु कसैसँग सम्र्पक भएको छैन्, फोन लागेको छैन्।’

बेपत्ताहरूको खोजी तथा उद्धारको लागि सोमबार बिहान सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगु पुगेको थियो। उक्त हेलिकोप्टरले मुगुको सदरमुकाम गमगढीबाट सुरक्षाकर्मी सहित उद्धार सामाग्री लगेर घटना स्थलतर्फ गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .