मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। शनिबार बिहान करिब १ बजे आगलागी भएको हो।
विजय होटल रहेको प्रदीप रावल र पुतली मल्लको एउटै छाना भएको घरबाट आगलागी सुरु भएर अन्य घरमा पनि सल्किएको प्रहरीले जनाएको छ।
आगलागीबाट प्रदीप रावल, पुतली मल्ल र सान्तोना खत्रीको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मानवीय क्षति भएको छैन।
अधिकांश काठैकाठले बनेका उक्त घरहरूमा रहेका कम्प्युटर पसल, कपडा पसल, मोबाइल पसल, टेलर पसल र हेएर कटिङलगायत अन्य खुद्रा पसलका सम्पूर्ण सामान जलेका छन्।
आगलागी नियन्त्रण गर्न जोडिएको अर्को एक स्थानीयको घर भत्काइएको छ। उक्त घर पुरै क्षति भएको प्रहरीले जनाएको छ।
असोज ६, २०८०, शनिबार
36
Shares
प्रतिक्रिया