कर्णाली


एमाले कर्णाली अधिवेशन : सोमबार बिहान ८ बजेबाट मतगणना हुने

एमाले कर्णाली अधिवेशन : सोमबार बिहान ८ बजेबाट मतगणना हुने

नेपालखबर
असोज १४, २०८० आइतबार २१:२४, काठमाडौँ

नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको मतगणना सोमबारमात्रै हुने भएको छ। निर्वाचन कमिटीका अनुसार सोमबार बिहान ८ बजेबाट मतगणना हुने भएको हो। 

नयाँ नेतृत्वका लागि भएको मतदानमा ६ सय ९ मत खसेको छ। 

वीरेन्द्रनगरको सिटी हलमा भएको मतदानमा जम्मा मतदाता ६१६ मध्ये ६ सय ९ मत खसेको हो। 

जम्मा १३० जना प्रदेश कमिटी मध्ये पाँच जना पदाधीकारी र ८१ जना सदस्यमा निर्वाचनका लागि मतदान भएको थियो।

नयाँ नेतृत्वका लागि (असोज १४) आइतबार दिउँसो २ बजेबाट मतदान प्रक्रिया सुरु भएको थियो।

यस्तै, अन्य ४४ जना प्रदेश कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

पाँच जना पदाधिकारी मध्ये अध्यक्षमा तीन जनाको उम्मेदवारी रहेको छ। जसमा कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलावजंग शाह र कालीकोटका प्रकाश रोकाया छन्।

उपाध्यक्षमा लागि जाजरकोटका लालबहादुर महतारा, जुम्लाका टेकराज पछाई र मुगुका दानसिंह परियार छन्। सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाही मैदानमा उत्रिएका छन्।

यस्तै, दुई जना उप–सचिवका लागि ९ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। जसमा मुगुका उब्जन शाही, सुर्खेतका तेजकुमार वि.क, जुम्लाका धीरेन्द्रराज गिरी, रुकुमपश्चिमका नारायणकुमार शाह, सुर्खेतकी पद्मा खड्का, जुम्लाकी मेनका पछाई, कालीकोटका रमेशकुमार शाही, दैलेखका रविन्द्रराज शर्मा र बखतबहादुर खत्री छन्।

यस्तै, सदस्य–६ जना (दलित महिल) युवा १ समेतका लागि १० जना, सदस्य–९ जना (दलित खुला) युवा ३ समेतका लागि ३१ जना, सदस्य–८ जना (जनजाति खुल्ला) युवा १ समेतका लागि नौ जना, सदस्य–१० जना (महिला) युवा २ सहितका लागि १५ जना, सदस्य–१९ जना (पुरुष) युवा ४ समेतका लागि ४९ जना उम्मेदवार मैदानमा उत्रिएका छन्।

यस्तै, प्रदेश लेखा समितको अध्यक्षमा मुगुका जितबहादुर मल्ल र सुर्खेतका सुरज थापा उम्मेदवार बनेका छन्। सचिव पदका लागि हुम्लाका कमल बोहोरा र सुर्खेतका कलाधर उपाध्यायबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .