कर्णाली


गुलाबजंगलाई बधाई दिँदै मीनबहादुरले भने– मिसन ८४ को अभियानमा सँगै रहन्छौं

गुलाबजंगलाई बधाई दिँदै मीनबहादुरले भने– मिसन ८४ को अभियानमा सँगै रहन्छौं

नेपालखबर
असोज १५, २०८० सोमबार २१:४६, सुर्खेत

नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा पराजित भएका कालीकोटका मीनबहादुर शाहले निर्वाचित अध्यक्ष गुलाबजंग शाहलाई सधैं साथ र सहयोग रहने प्रतिवद्धता जनाएका छन्। 

सोमबार साँझ निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूहरू मिसन ८४ को अभियानमा सँगै रहने बताए। 

‘हामी मिसन ८४ मा छौं। मिसन ८४ प्राप्त गर्नेगरी हाम्रो निर्वाचित अध्यक्षलाई कुनैपनि मूल्यमा सहयोग र साथ रहन्छ,’ उनले भने। 

निर्वाचनको प्रतिस्पर्धामा जो जो जहाँ भए पनि यसलाई आजैबाट बिर्सिएर पार्टी निर्माणमा खटिन समेत उनले कार्यकर्तालाई आग्रह गरे। 

‘निर्वाचनको प्रतिस्पर्धामा जो जो जहाँ जहाँ सहभागी हुनुभयो, आजको दिनदेखि यसलाई यहाँ नै बिर्सिएर पार्टी निर्माणमा खटिनुहुनेछ भन्ने विश्वास लिएका छौं। गुलाबजंग शाहले लिने हरेक कदममा सहयोग र समर्थन रहने प्रतिवद्धता जनाउँछु,’ उनले भने।

त्यस्तै, निर्वाचित अध्यक्ष शाहले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा हार÷जितलाई सामान्य रुपमा लिनुपर्ने प्रतिक्रिया दिए। 

‘निर्वाचन प्रक्रियालाई यहाँसम्म ल्याएकोमा सबैलाई आभार व्यक्त गर्न चाहन्छु। पार्टीको आन्तरिक लोकतन्त्रमा विजय र पराजयलाई सामान्य रुपमा लिनुपर्छ। पार्टीको मिसन ८४ लाई अघि  बढाउन हिजो भएका अन्तरकुन्तरलाई समेत न्युनीकरण गरेर अघि बढ्ने प्रतिवद्धता जनाउँछु,’ शाहले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .