कर्णाली


मुगु सामूहिक हत्या प्रकरण : के गर्दैछ प्रहरीको ‘एक्स्पर्ट टिम’?

मुगु सामूहिक हत्या प्रकरण : के गर्दैछ प्रहरीको ‘एक्स्पर्ट टिम’?

दिनेश बुढा
कात्तिक १६, २०८० बिहिबार २०:२८, सुर्खेत

मुगुको छायानाथ रारा नगरपालिका–६, मुन्दु गाउँमा एकै परिवारमा भएको आज ९ दिन पुग्यो। 

गत ८ कार्तिकमा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सराको एकसाथ हत्या गरिएको थियो।

उक्त घटनाबारे स्थानीय र प्रहरीले कार्तिक १० गते बिहान मात्रै थाहा पायो। 

तर, घटना घटेको लामो समयसम्म पनि अनुसन्धान हत्यारा नजिक पुग्न सकेको छैन्। जसले घटना थप रहस्यमय बन्दै गएको छ। 

यति बेला तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरीमा विशेष अनुसन्धानमा दख्खल राखेका प्रहरी अनुसन्धान अधिकृतहरू मुगुमा छन्।

वीभत्स हत्याको अनुसन्धानका लागि प्रहरीको ‘मर्डर इन्भेष्टिकेसन एक्स्पर्ट टिम’ (प्रहरीमा लामो समय पेन्डिङमा रहेका हत्या केशहरूमा सफल अनुसन्धान गरेका प्रहरी अधिकृतहरूको समूह) सहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले घटनालाई विभिन्न कोणबाट विश्लेषण गर्दै अनुसन्धान जारी राखेको बताए।

उनले भने, ‘हामीले उक्त घटनामा प्रहरीमा लामो समय हत्या केशहरूमा सफल अनुसन्धानमा संलग्न हुनु भएका अनुसन्धान विज्ञबाट विभिन्न चरणमा अनुसन्धान गरिरहेका छौँ।’

साथै प्रवक्ता भट्टराईले तत्कालै सार्वजनिक गरिहाल्नु पर्नेगरी प्रहरीले सफलता हात नपारे पनि प्रगति उन्मुख भएको दाबी गरे।

‘एक्पर्ट टिम’लाई तालिम प्राप्त कुकुरहरूले समेत अनुसन्धानमा सघाई रहेका छन्।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज), प्रदेश प्रहरी कार्यालय सुर्खेत र जुम्ला प्रहरीको विशषेश अनुसन्धान टोली पनि अनुसन्धानमा खटिएको छ। 

घटनाको अनुसन्धानको निरीक्षण तथा सघाउमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानीरीक्षक (डीआईजी) भीमप्रसाद ढकालसमेत मुगु पुगेर फर्किएका छन्। 

अनुसन्धानमा प्रयोग गरिएका कुकुरले घटनासँग सम्बन्धित कुनै 'क्लू' फेला पार्न सकेका छैनन्। प्रहरीले अनुसन्धानको क्रममा दर्जन बढी व्यक्तिहरूलाई सोधपुछ गरेको छ, शंकास्पद व्यक्तिहरूलाई उच्च निगरानीमा राखेको छ।

तर, उनीहरूलाई पक्राउ गर्ने बलियो प्रमाण फेला पार्न नसकिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए। 

प्रहरीले छिमेकी गाउँ तथा बाह्य जिल्लामा पनि अनुसन्धानको दायरा बढाएको छ।

घटनाको प्रकृतिअनुसार श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल समेत लुटपाट भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .