ad ad

कर्णाली


कर्णालीका डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने

कर्णालीका डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने

फाइल तस्बिर


दिनेश बुढा
फागुन १२, २०८० शनिबार १७:२२, सुर्खेत

कर्णाली प्रदेशमा आइतबार (फागुन १३) गतेदेखि दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।

कर्णाली प्रदेश सरकारले दादुरा–रुवेलाको खोप अभियान फागुन १३ देखि चैत ७ सम्म अभियान सञ्चालन हुने भएको हो। 

कर्णालीका ८ जिल्लामा गरि १ लाख ४७ हजार ४ सय ४४ बालबालिकालाई खोप लगाइने लक्ष्य राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ।

१० जिल्ला रहेका कर्णालीमा बाँकी दुई जिल्ला जाजरकोट र रूकुमपश्चिममा यस अघिनै अभियान सञ्चालन भइसकेको छ।

खोप अभियानमा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिका सहभागी हुनेछन्। प्रदेशभर १ हजार ४ सय बढी खोप केन्द्रबाट बालबालिकालाई खोप लगाउने योजन रहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ जनस्वाथ्य शिक्षा अधिकृत तथा खोप फोकल पर्सन नवराज कँडेलले जानकारी दिए। 

उनका अनुसार खोप सतप्रतिशत प्रभावकारी र सुरक्षित रहने विश्वास गरिएको छ। 

सरकारले सन् २०२३ सम्म दादुरा–रुवेलालाई सून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखिए पनि सरकारको यो लक्ष्य पुरा हुन नसकेपछि दोस्रो पटक सन् २०२६ सम्म दादुरा–रुवेलालाई सून्यमा झार्ने लक्ष्य सरकारले लिएको छ। 

यस्तै, खोप लगाइसकेपछि बालबालिकाहरूका विभिन्न रोगहरु नियन्त्रण गरी बाल मृत्युदर र अपाङ्गता घटाउने उद्देश्यले सरकारले विभिन्न प्रकारका खोप अभियानहरु सञ्चालन गर्दै आएको छ। 

कर्णालीलाई गत असोजमै पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको भएपनि विभन्न तहगत तालमेल नहुँदा अभियानले सार्थकता पाउन नसकेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका खोप संयोजक कँडेलको भनाइ छ। 

यस्तै, अभियानमार्फत कर्णालीका प्रत्येक बालबालिकाले पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्ने, आपूर्ति व्यवस्थापन तथा खोप व्यवस्थापन प्रर्णाली सुधार गर्ने, खोप कार्यक्रमका लागि दिगो वित्तीय व्यवस्थापन (महामारी व्यवस्थापन, सर्भिलेन्स, तथा सहलगानी) सुनिश्चित गर्ने र नयाँ तथा कम प्रयोग भएका खोपहरु खोप कार्यक्रममा समावेश गर्दै लैजाने उद्देश्य रहेको कँडेलले बताए।

तीन वर्षमा २ करोड बढीको खोप प्रयोगविहिन
कर्णालीमा ३ आर्थिक वर्षको अवधिमा ७ करोडमा खरिद गरिएका ११ प्रकारका खोपमा २ करोड ३२ लाख बढी मूल्य बरारबरको खोप खेर गएको छ। आर्थिक वर्ष २०७७/०७८ देखि गत वर्ष २०७९/०८० सम्म खरिद गरिएको कुल खोपमा ३३.१ प्रतिशत खोप खेर जादा ६६.९ प्रतिशत मात्र खोप सदुपयोग भएको छ। 

जसमा बिसिजी, डिपिटी–हेप–हिब, पिसभि, एफआईपिभि, जे।ई, दादुरा–रुवेला, पोलियो, रोटा, टिसिभी र टिडी खोप खरिद भएका थिए। यी खोपहरु सरकारले आफै र विकास साझेदारको सहलगानीमा खरिद गर्ने गर्दछ। सन् २०२२ को सरकारी तथ्यांक अनुसार अझै पनि नेपालमा १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बालबालिकाले कुनै पनि खोपको डोज पाएका छैनन्। 

कर्णालीको भौगोलिक बनावट उच्च हिमाली, पहाडी क्षेत्र भएकाले एक ठाउँमा खोप प्रयोग गरी अन्य खोप रहेको अवस्थामा तत्काल खोप पु¥याउन समय लाग्ने तथा कतिपय नागरिकमा चेतनाको अभावका कारण खोप खेर गइरहेको स्वास्थ्यकर्मीहरु बताउछन्। 

खोपको जिल्लागत कभरेजको अवस्था हेर्ने हो भने सुर्खेत, रुकुम पश्चिम, सल्यान र जाजरकोटमा खोप उच्च छ भने, ड्रपाआउटको अवस्था पनि कम छ। 

यस्तै, दैलेख, कालिकोट, जुम्ला, हुम्ला र डोल्पामा खोपको कभरेज र ड्रपआउटको अवस्था पनि कम छ। मुगुमा खोप कभरेज एकदमै कम रहदा खोप ड्रपआउटको अवस्था भने उच्च छ। 
 
प्रदेशभर ११ स्थानमा खोप भण्डार
यस्तै, कर्णाली प्रदेशभर ११ स्थानमा खोप भण्डार रहेका छन्। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका व्यवस्थापन प्रमुख देविराम पौडेलले प्रदेशभर ११ स्थानमा खोप भण्डार रहेको जानकारी दिए। 

उनले भने, ‘२२ स्थानमा खोप भण्डार उपशाखा र १८ वटा खोप वितरण केन्द्रमार्फत खोप व्यवस्थापन तथा आपूर्तिको कार्य भइरहेको छ। खोप अभियानका लागि आवश्यक पर्ने दादुरा–रुवेलाविरुद्धको खोपको आपुर्तिमा कुनै समस्या छैन्।’

यस्तै, १० जिल्ला मध्ये डोल्पा, मुगु र हुम्लामा हेलिकप्टर तथा अन्य ७ जिल्लामा स्थलमार्गबाट खोप ढुवानी हुँदै आएको छ।

खोप अभियानमा एकरुपता नहुँदा समस्या : निमित्त निर्देशक भट्टराई
यता कर्णाली प्रदेश समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा निर्देशालय सुर्खेतकी निमित्त निर्देशक दिपा भट्टराईले कर्णाली प्रदेशको खोप अभियानमा एकरूपता नहुँदा थप समस्या भएको बताइन्। 

उनले भनिन्, ‘कर्णालीमा संघ, प्रदेश र स्थानीय तहहरुबिच तालमेल नमिल्दा खोप अभियानले अपेक्षित प्रगति ९५ प्रतिशतभन्दा माथि हासिल गर्न सकेको छैन्। संघको तुलनामा प्रदेश, प्रदेशको तुलनामा जिल्ला र जिल्लाको तुलनामा स्थानिय तह बिच एकरूपता नहुँदा अभियानले अपेक्षित प्रगति हाँसिल गर्न नसकेको हो।’

निर्देशक भट्टराईले कर्णाली प्रदेशमा शून्य खोप तथा ड्रप आउटको संख्या बढ्दै जानु, सूक्ष्मयोजना अद्यावधिक र पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, समय–समयमा खोपबाट रोकथाम गर्न सकिने रोगहरुको महामारीहरू देखा पर्नु, नियमित खोप सेवासँगै सरसफाई प्रवद्र्धन कार्यक्रमका सेसनहरु प्रभावकारी रुपले संचालन नभएकाले खोप प्रभावकारी हुन नसेको उल्लेख गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .