ad ad

कर्णाली


जहाँ विवाह गर्दा निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति लेखिएन भने कारबाही हुन्छ

बिहे घरमा मदिरा र सुर्ती निषेध
जहाँ विवाह गर्दा निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति लेखिएन भने कारबाही हुन्छ

आठबिसकोट नगरपालिका–३ को वडा कार्यालय


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:११, काठमाडौँ

रुकुमपश्चिम जिल्लाको आठबिसकोट नगरपालिका–३ का बासिन्दाले बिहे गर्दा विशेष नियम पालना गर्नुपर्ने भएको छ। 

आठबिसकोट नगरपालिका–३ को वडा कार्यालयले आफ्नो वडा क्षेत्रमा विवाहका लागि दिइने निमन्त्रणा कार्डमा अनिवार्य रूपमा बेहुला–बेहुलीको जन्ममिति उल्लेख गरिनुपर्ने र बिहे समारोहमा जाँडरक्सी र सुर्ती प्रयोग गर्न नपाइने नियम बनाएको हो।   

वडाध्यक्ष केशरमान विकले सूचना जारी गरी आफ्नो वडा क्षेत्रलाई मदिरा–सुर्तीमुक्त बनाउन र बालविवाह हुन नदिन त्यस्तो नियम पालना गर्न वडावासीलाई आग्रह गरेका हुन्। 

सूचनाअनुसार विवाह निमन्त्रणा कार्डमा अनिवार्य रूपमा बेहुला–बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्नेछ भने विवाह गर्ने घरमा मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने र नगराउने प्रतिबद्धता जनाउनुपर्नेछ। 

वडा कार्यालयले चेतावनी दिँदै भनेको छ, ‘सो कुरा अवज्ञा गरेको पाइएमा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।’

हेर्नुहोस् सूचना-


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .