खेल


जितका लागि नामिबियालाई १ सय ८१ रनको लक्ष्य

जितका लागि नामिबियालाई १ सय ८१ रनको लक्ष्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:११, काठमाडौँ

टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा घरेलु टोली नेपालले जितका लागि १ सय ८१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपालले निर्धातिर २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएर खेलिरहेको छ। 

पाँचौँ विकेटका लागि आरिफ शेख र कुशल मल्लले ८५ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासे।

कुशल मल्ल ५४ रनमा नटआउट रहे। कु्शलले ३६ बलमा १ चौका र ४ छक्का हाने।  

२४ बलमा ४ चौका प्रहार गरेका आरिफ १७ औँ ओभरको तेस्रो बलमा ३१ रन बनाउँदा क्याच आउट भए। 

अ‍ोपनर अनिल साह २३ रन बनाउँदै पेभेलियन फर्के। १७ बलमा ३ छक्का हानेका अनिल छैटौँ ओभरको अन्तिम बलमा जान निकोल लोफ्टी इटोनको बलमा विकेट किपरबाट हातबाट क्याच आउट भए। 

गुलशन झाले २६ र कप्तान रोहित पौडेलले १० रन थपे। १६ बलमा १ चौका र ३ छक्का हानेका गुल्सन एलबीडब्लु धरापमा परे। 

दीपेन्द्रसिंह ऐरी १६ रन बनाउँदा एलबीडब्लु धरापमा परे। ८ बलमा २ चौका हानेका दिपेन्दू वेन सिकाकोको बलमा एलबीडब्लु आउट भए। 

करण केसी ७ र सोमपाल काकी २ रनमा क्याच आउट भए। ओपनर आशिफ शेख १ रनमा नै आउट भए। प्रतिश जिसी १ रनमा नटआउट रहे। 

नामिवियाविरुद्धको पहिलो खेलमा २० रनले पराजित भएको थियो। सिरिजमो दोस्रो खेलमा नेदरल्याण्डससाग २ रनले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .