खेल


१२औँ एसियाली उमेरसमूह पौडीमा १६ नेपाली खेलाडीले खेल्ने

१२औँ एसियाली उमेरसमूह पौडीमा १६ नेपाली खेलाडीले खेल्ने

नेपालखबर
असार ३०, २०८३ मंगलबार १७:०, काठमाडौँ

नेपालका १६ खेलाडीले थाइल्यान्डमा हुने १२औँ एसियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

थाइल्यान्डको बैंकक सहरमा जुलाई १७ देखि २७ सम्म १२औँ एसियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिप आयोजना हुँदैछ।

उक्त प्रतियोगितामा नेपालका ६ महिला र १० पुरुष गरी १६ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन्। १६ खेलाडीसहित कुल १९ सदस्यीय टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ। 

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहेता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ लगायतले बिदाइ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad