ad ad

कर्णाली


भीमा मृत्यु प्रकरण : सुर्खेत अस्पताल दुई दिनदेखि तनावग्रस्त

भीमा मृत्यु प्रकरण : सुर्खेत अस्पताल दुई दिनदेखि तनावग्रस्त

दिनेश बुढा
चैत ३०, २०८० शुक्रबार १७:४८, सुर्खेत

प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा दैलेखकी युवतीको मृत्यु भएपछि बिहीबारदेखि तनाव जारी छ।

दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि अस्पतालमा पुगेकी थिइन्।

पाठेघरको उपचार गर्न अस्पताल गएकी भीमाको उपचारका क्रममा मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन्।

पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई एक्कासि मृत घोषणा गरेको भीमाका जेठाजु हर्कबहादुर बलामीको दाबी छ।

परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरेको उनको भनाइ छ।

यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन्।

आफन्तहरूले भीमाकी ८ महिनाकी छोरीको पालन पोषणको सबै जिम्मा लिनुपर्ने, घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्नेलगायत माग गरेका छन्।

यता, प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

‘उहाँको अवस्था गाह्रो नै थियो भन्ने रिपोर्ट छ, अपरेसन गर्दा भ्रूण फाल्नुपर्ने हुँदा त्यस क्रममा मृत्यु भएको जानकारी आएको छ,’ उनले भने, ‘अझै टेक्निकल विषयमा के भएको हो, आज हामी छलफल गर्दैछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .