कर्णाली


कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने, सरकारलाई पूर्णता दिन सहमति

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने, सरकारलाई पूर्णता दिन सहमति

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १९:३७, सुर्खेत

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिएपछि सरकारलाई विस्तार गर्ने भएका छन्। विश्वासको मतका लागि मुख्यमन्त्री कँडेलले प्रदेश सभामा पत्र समेत पठाइसकेका छन्।

मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पठाएको पत्र दर्ता भइसेको प्रदेश सभा सचिवालयले जनाएको छ।

‘मुख्यमन्त्रीज्यूले वैशाख १३ गते विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा पेस पत्र आजै मंगलबार बिहान ११ बजे दर्ता भइसेकेको छ’ सचिवालयले भन्यो।

स्रोतका अनुसार मन्त्रालयका विषयमा पनि मोटामोटी सहमति भएको छ। आज (मंगलबार) भएको दुई दलबीचको वार्तापछि मन्त्रालयको भागबन्डाको विषयमा मोटामोटी सहमति भएको हो।

यस्तै, मुख्यमन्त्रालय सहित आठ वटा मन्त्रालय रहेका कर्णाली प्रदेशकम नेकपा माओवादी केन्द्रले चार वटा मन्त्रालयले पाएको छ। जसमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा उर्जाविकास मन्त्रालय पाएको छ।

नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास, भूमी, व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानून मन्त्रालय लिने गरी मोटामोटी सहमति भएको स्रोतको दाबी छ।

यस्तै, मुख्यमन्त्री कँडेलले भोलि बुधबार सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट मन्त्रीहरूको नाम मागेर सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी थालेका एमाले स्रोतको दाबी छ।

एमाले उच्च स्रोतले भन्यो, ‘माओवादीले मन्त्रीको नाम पठाएको खण्डमा भोलीनै सरकार विस्तार हुने तयारी थालिएको छ। एमालेबाट मन्त्रीहरूको सहभागी भने विश्वासको मतपछि गर्ने र सरकारले पूर्णता पाउने छ।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एमालेबीच मन्त्रालय भागबन्डाको मोटामोटी सहमति भए पनि दुवै दलले मन्त्रीका नामहरू टुंगाएका छैनन्।

यस्तै, भोलि नै मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री कँडेलले माओवादीसँग मन्त्रीहरूको नाम पठाउन आग्रह समेत गरिसकेका छन्। तर, माओवादीले हालसम्म पुरानै मन्त्रीहरूलाई दोहोराउने वा नयाँ पठाउने भन्ने विषयमा टुंगाउन सकेको छैन।

नेकपा माओवादी र एमालेले सामाजिक विकास मन्त्रालयमा दाबी गर्दा मन्त्रालय भागबन्डा नमिलेपछि सरकार विस्तारमा सकस भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .