कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीको शपथ आज हुने भएको छ।
मुख्यमन्त्री यामलाल कँडेलले चार मन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेकाले आज दिउँसो शपथ हुन भएको हो।
प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यतालिका तय भएको जनाएको छ।
नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउने छन्।
सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जन मन्त्रीको नाम पठाएको थियो।
सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजय बुढा छन्।
213
Shares
प्रतिक्रिया