ad ad

कर्णाली


जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना घाइते

दिनेश बुढा
साउन २२, २०८१ मंगलबार १८:४, सुर्खेत

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिप चालक भेरी नगरपालिका–६ गंगटियाका ३४ वर्षीय मानबहादुर वली रहेका छन्। 

मंगलबार दिउँसो ३ बजेको समयमा खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो। 

दुर्घटनामा परेर एकै गाउँका १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

घाइते हुनेहरूमा भेरी नगरपालिका–६ बस्ने २८  वर्षीय सपना वि.क, ३५ वर्षीय भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार,  १७ वर्षीया सिता पुन, २१ वर्षीया धनसरा खड्का,  ८० वर्षीया कलिमान खत्री, २८ वर्षीया भूमिकला राना, उनका ४ महिनाका छोरा प्रज्वलन घर्ती, ३६ वर्षीया कल्पना खत्री,  ३३ वर्षीया अस्मिता खत्री, ३१वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हिरा सार्की रहेकी छिन्।

जिप सडकबाट ४ चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .