कर्णाली


रातानाङ्ग्ला दुर्घटना : आन्दोलनमा उत्रिए मृतक र घाइतेका आफन्त

रातानाङ्ग्ला दुर्घटना : आन्दोलनमा उत्रिए मृतक र घाइतेका आफन्त

दिनेश बुढा
कात्तिक २४, २०८१ शनिबार १४:३२, सुर्खेत

प्रहरीको लापरबाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन सुरु भएको छ।

शुक्रबार दिउँसो साढे २ बजेको समयमा दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र सो गाडीमा ३४ जना यात्रु राख्दा दुर्घटना भएको भन्दै पीडित पक्षले आन्दोलन सुरु गरेको हो।

उनीहरुले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन्।

शुक्रबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्लामा कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो। 

दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका-५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका-२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका-२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्टको मृत्यु भएको हो।

दुर्घटनामा ३० जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। घाइतेहरु मध्ये केहीको प्रदेश अस्पताल सुर्खेत, नेपालगञ्ज र भारतको लखनउमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad