सुर्खेतको गूर्भाकोट नगरपालिकाको भेरी नदीमा डुबेर बेपत्ता भएका गुर्भाकोट नगरपालिका-१३ का प्रेमबहादुर रानाको शव फेला परेको छ। बेपत्ता रानाको शव शनिबार दिउँसो लेकवेशी नगरपालिका-१ को छोटेमा फेला परेको हो।
बिहीबार बेलुका करिब ८ बजे घुमखहरेस्थित भेरी नदीमा माछा मार्ने क्रममा उनि डुबेर बेपत्ता भएका थिए। रानाको शव माछाको जालमा बेरिएर पानीमा डुबिरहेको अवस्थामा चिप्ले प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक पदम खत्रीले जानकारी दिए।
186
Shares

प्रतिक्रिया