कर्णाली


अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

नेपालखबर
भदौ २, २०८२ सोमबार १२:३, खलंगा (दार्चुला)

पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ।

आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका-३ तेर्छालेक र शैल्यशिखर नगरपालिका-६ को रनेबासमा पहिरो खसेको थियो। 

पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।

राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ। सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु पनि आ-आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad