कर्णाली


रुकुमपश्चिमबाट दाङ जाँदै गरेको गाडी सल्यानमा दुर्घटना, ३ जनाको मृत्यु

रुकुमपश्चिमबाट दाङ जाँदै गरेको गाडी सल्यानमा दुर्घटना, ३ जनाको मृत्यु

आइतबार बिहान सल्यानमा दुर्घटना भएको फोर्स गाडी


दिनेश बुढा
असोज १२, २०८२ आइतबार ८:४६, सुर्खेत

रुकुमपश्चिमबाट दाङका लागि छुटेको फोर्स गाडी आज आइतबार बिहान सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बिहान करिब ४ बजेतिर राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ को चोरखोलामा फोर्स गाडी दुर्घटनामा परेको हो।

रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकाबाट दाङ घोराहीतर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै अन्य दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा एक जना महिला र दुई पुरुष छन्। मृतकमध्ये एक जना बाँफीकोट गाउँपालिका-५ का प्रकाश केसी रहेको प्रहरीले जनाएको छ। अन्यको परिचय खुलेको छैन।

सडकबाट करिब तीन–चार सय मिटर तल खसेको फोर्समा पाँच जना सवार रहेको खुलेको छ।

घाइतेमध्ये एक जना महिला र अर्का एक जना पुरुष छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad