कर्णाली


जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि सांघातिक हमला

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि सांघातिक हमला

नेपालखबर
असोज १२, २०८२ आइतबार २०:५१, सुर्खेत

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि सांघातिक हमला भएको छ। पालिकाबाट दसैँ मनाउन भनेर सुर्खेत आउँदै गर्दा बाटोमा हमला भएको हो। 

पालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले जाजरकोटको छेडागाड नगरपालिका–५ थलह बजार आसपासमा हमाला भएको जानकारी दिइन्। 

आइतबार बेलुकातिर थहल बजार र मनघाटको बीच सडकमा हतियारधारी समूहले अध्यक्ष लगायतका व्यक्तिलाई कुटपिट गरेका गरेका हुन्। 

उपाध्यक्ष सिंहका अनुसार अध्यक्ष बस्नेतसहित अन्य चार जना मोटरसाइलमा कुशे गाउँपालिकाबाट सुर्खेततर्फ आउँदै गरेका थिए। 

त्यही समयमा हातहतियारसहित आएका तीन/चार जनाको समूहले अध्यक्षमाथि हमला गरेको उनले बताइन्। 

उक्त हमलाबाट अध्यक्ष बस्नेत र उनीहरूसँग सुर्खेत आउँदै गरेका व्यक्तिहरू घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी बसन्तकुमार शर्माले घटनाबारे आफूलाई दुई घण्टा अघिमात्रै जानकारी आएको बताए। उनले भने, ‘अपरिचित व्यक्तिहरूले अध्यक्षमाथि खुकुरी प्रहार भएको भन्ने खबर आएको छ। दुई जना घाइते भएका छन् भन्ने खबर प्राप्त भएको छ। कसले हान्यो भन्नेबारे खुलेको छैन। प्रहरी परिचालित गरिसकेको छ।’

प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा आएर हमला गरेका अपरिचित व्यक्तिहरू फरार भइसकेका छन्। 
यस्तै, घाइतेहरू उपचारका लागि सुर्खेततर्फ गएको प्रहरीको भनाई छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad