गण्डकी


गण्डकीका मुख्यमन्त्रीको निवासमा दोस्रोपटक आगजनी

गण्डकीका मुख्यमन्त्रीको निवासमा दोस्रोपटक आगजनी

फाइल फोटो


नेपालखबर
असोज १२, २०८२ आइतबार २१:३३, काठमाडौँ

जेनजी प्रदर्शनका क्रममा भदौ २४ मा आगजनीमा परेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सहिदचोकस्थित निवासमा फेरि आगजनी भएको छ। गएराति अज्ञात व्यक्तिहरूले आगजनी गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर बस्नेतले मुख्यमन्त्रीको निवासमा दोस्रोपटक भएको आगजनी भएको जानकारी दिएका हुन्। ‘मुख्यमन्त्री निवासमा दोस्रोपटक गएराति आगजनी भएको हो,’ बस्नेतले भने, ‘आन्दोलनकारीले हो की अरु कुनै समूहबाट हो, अनुसन्धानमा छौँ।’

कास्कीका प्रमुख जिल्ला अधिकारीका लागि बनाइएको उक्त भवनमा ०७४ मा पहिलोपटक भएको प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री बस्दै आएका थिए। निवासमा भदौ २४ गते जेन जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको थियो।

प्रदेश सरकारले बनाएको भवन प्रयोग गर्न मिल्ने/नमिल्ने प्राविधिक समितिले यस भवनलाई मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने भन्ने प्रतिवेदन बुझाएको थियो। प्रयोग गर्न मिल्ने प्रतिवेदन आएपछि भवनलाई मर्मत गर्ने तयारी गरिरहेको बेला फेरि आगजनी भएको हो।

पहिलेको आगजनीमा भवनको एउटा कोठामा भने कम क्षति पुगेको थियो। सोही कोठामा जल्न बाँकी खाट, कार्पेटलगायत सामान राखिएको थियो। आफ्नो निवासमा आगजनी भएपछि मुख्यमन्त्री पाण्डे प्रमुख सचिवको निवासमा बस्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad