कोशी


मोरङ उद्योग व्यापार संघद्वारा प्रशासन र प्रहरीलाई सवारी साधन हस्तान्तरण

मोरङ उद्योग व्यापार संघद्वारा प्रशासन र प्रहरीलाई सवारी साधन हस्तान्तरण

नेपालखबर
असोज १२, २०८२ आइतबार २१:३७, विराटनगर

मोरङ उद्योग व्यापार संघले जिल्लाका सुरक्षा निकायलाई दुईवटा सवारी उपलब्ध गराएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङलाई दैनिक कार्य संचालनमा सहजता पुगोस् भन्ने उद्देश्यले सवारी साधन हस्तान्तरण गरेको हो।

संघका अध्यक्ष अनुपम राठीले प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवलाई एक थान ल्याण्ड रोभर जीप र प्रहरी उपरीक्षक कबिता कटवाललाई एक थान मोटरसाइकल हस्तान्तरण गरे।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रशासन र प्रहरी कार्यालयका भौतिक पूर्वाधार तथा सवारी साधन क्षतिग्रस्त भएपछि कार्यालय सञ्चालनमा कठिनाइ भएको थियो।

सवारी साधन हस्तान्तरण कार्यक्रममा अध्यक्ष राठीले संघले सदैव सरकारी निकायसँग सहकार्य गर्दै आएको र शान्ति सुरक्षालाई प्राथमिकतामा राख्ने बताए। उनले हस्तान्तरण गरिएको साधनले प्रशासनिक तथा सुरक्षा कार्यलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

प्रजिअ यादवले शान्ति सुरक्षा र सुव्यवस्थापनलाई सहज बनाउन सहयोग पुर्याइएको उल्लेख गर्दै आगामी दिनमा प्रभावकारी सेवा प्रवाह हुने बताए। 

प्रशासन र सुरक्षा निकायसँग सहकार्यात्मक कार्यको प्रशंसा गरे।कार्यक्रममा  युवा उद्यमी, प्रशासन र प्रहरी कार्यालयका प्रतिनिधि साथै सञ्चारकर्मीहरुको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad