कोशी


मोटरसाइकलमा ठोकिँदा प्रहरीको मृत्यु भएपछि सिटी सफारी चालक फरार

मोटरसाइकलमा ठोकिँदा प्रहरीको मृत्यु भएपछि सिटी सफारी चालक फरार

नेपालखबर
जेठ २३, २०८३ शनिबार ११:२०, इनरुवा (सुनसरी)

सुनसरी कोसी गाउँपालिका-८ भान्टाबारीमा मोटरसाइकल सिटी सफारीसँग ठोकिँदा प्रहरी जवानको मृत्यु भएको छ।

गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। 

प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोकिँदा उनी गम्भीर घाइते भएका थिए। 

उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

पौडेल प्रहरीचौकी कोसी ब्यारेजमा कार्यरत थिए।

दुर्घटनापछि सिटी सफारी चालक कोसी गाउँपालिका-८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन्।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad