कर्णाली


दैलेख-२ को उम्मेदवार छान्न एमालेले गर्‍यो निर्वाचन, विष्णु रिजाललाई धेरै मत

दैलेख-२ को उम्मेदवार छान्न एमालेले गर्‍यो निर्वाचन, विष्णु रिजाललाई धेरै मत

दिनेश बुढा
पुस १९, २०८२ शनिबार १९:३५, सुर्खेत

दैलेख निर्वाचन क्षेत्र नम्बर-२ मा उम्मेदवार छनौटका लागि नेकपा एमालले निर्वाचन गरेको छ। शनिबार भएको निर्वाचनबाट नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सबै भन्दा बढी मत प्राप्त गरेका छन्। 

उम्मेदवारका लागि आकांक्षी नेताहरु धेरै भएपछि उम्मेदवार सिफारिसमा सकस भएको छ। एमालेका धेरै नेताहरू भएको उक्त क्षेत्रबाट कर्णालीका पूर्वसभामुख राजबहादुर शाही, पूर्वसांसद राजबहादुर बुढा, लक्ष्मी पोखरेल र विष्णु रिजाल उम्मेदवारका आकांक्षी थिए। 

उम्मेदवार छनौटका लागि भएको निर्वाचनमा सबै भन्दा बढी रिजालले ६७ मत र सबै भन्दा कम राजबहादुर बुढाले ५० मत प्राप्त गरेका छन्। 

यस्तै, उम्मेदवारका आकांक्षी लक्ष्मीप्रसाद पोखरेलले ६६ र राजबहादुर शाहीले ६१ मत पाप्त गरेका छन्। 

एमाले क्षेत्र नम्बर २ का निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक कुमारविक्रम शाहीले निर्वाचनबाट उम्मेदवार सिफारिस गरिएको जानकारी दिए। 

उनकाअनुसार  लागि १२७ मत रहेकोमा १२३ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad