सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका ध्रुबकुमार शाहीलाई ८ हजार ७ मतान्तरले पराजित गरेका हुन्। खड्काले २६ हजार ८९७ मत प्राप्त गर्दै निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी शाहीले १८ हजार ८९० मत प्राप्त गरे।
त्यस्तै, टेकबहादुर सिंह ठकुरी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले १४ हजार ७२९ मत, नेकपाका जितबहादुर रानाले २ हजार ८२८ मत र राप्रपाका रविहमाल ठकुरीले १ हजार ४९ मत प्राप्त गरेका छन्।
एमालेका शाहीको यो लगातार दोस्रो हार हो। २०७९ को निर्वाचनमा उनै विष्णबहाुर खड्काका दाइ नेपाली कांग्रेसका पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्कासँग पराजित भएका थिए।
२०४८ सालदेखि कहिले समानुपातिक, कहिले प्रत्यक्षतर्फ चुनाव लड्दै आएका पूर्णबहादुर यसपालीको निर्वाचनको भिडन्तबाट बाहिर उनका भाइ विष्णुबहादुरले मौका पाएका थिए।
पूर्वउपप्रधान, गृह तथा रक्षामन्त्री भइसकेका खड्काका विष्णुबहादुर खड्का कान्छा भाइ हुन्।
कांग्रेससँग पराजित भएका उनै शाही २०७४ मा तत्कालीन वाम गठबन्धन नेकपा एमालेकातर्फ उम्मेदवार बन्दै पूर्णबहादुर खड्कालाई पराजित गरेका थिए। त्यचिबेला शाहीले ३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए।
यस्तै, ०७४ को आम निर्वाचनमा ३ हजार ३८२ मतले पराजित भएका खड्का एमालेका शाहीलाई पराजित गर्दै ०७९ को निर्वाचनमा आफ्नो शाख फर्काउ सफाल भए।
०७९ मा कांग्रेसका खड्काले ४२ हजार ६०७ मतसहित चुनाव जित्दा शाहीले ३० हजार ९८८ मत पाए।
यस पटकको चुनावमा एमालेबाट पुनः उम्मेदवार बनेर कांग्रेससँग बदलामा उत्रिएका शाही पराजित हुन पुगेका छन्।
यस्तै, दाइ पूर्णबहादुर खड्काको विरासत जोगाउन सफल भएका विष्णु पेशाले व्यवसायी हुन्। उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पेट्रोल पम्पको स्टोरदेखि यातायात व्यवसायी सञ्चालन गरेका छन्।
युवा–व्यवसायिहरुमा लोकप्रिय रहेका युवा नेता विष्णुबहादुर पार्टीको राजनीतिक जिम्मेवारीका हिसाबले नेपाली कांग्रेस जिल्ला समिति सुर्खेतको उप–सभापति हुन्।
Shares

प्रतिक्रिया