राजनीति


सञ्चारगृहअघि गाडी पार्किङ घटनाको रास्वपाले गर्‍यो भर्त्सना, संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण

सञ्चारगृहअघि गाडी पार्किङ घटनाको रास्वपाले गर्‍यो भर्त्सना, संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण

नेपालखबर
असार २९, २०८३ सोमबार १६:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शंकास्पदरूपमा सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी पार्किङ गरिएका घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’

साथै विज्ञप्तिमार्फत् यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्यमान्यताका ठाडो उल्लंघन भएको रास्वपाले जनाएको छ।

कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू स्वीकार्य नभएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad