ad ad

कर्णाली


कर्णाली हाफ म्याराथनको उपाधि आर्मीका रावल र एपीएफकी भण्डारीलाई (सूचीसहित)

कर्णाली हाफ म्याराथनको उपाधि आर्मीका रावल र एपीएफकी भण्डारीलाई (सूचीसहित)

दिनेश बुढा
बैशाख २९, २०८१ शनिबार १४:९, सुर्खेत

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरीले जितेका छन्। 

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको २१ किलोमिटरको हाफ म्याराथन पुरुषतर्फ र महिलातर्फका उपाधि क्रमश: आर्मी र सशस्त्रले हात पारेका हुन्। 

पुरुषतर्फ उपाधि जितेका नेपाल आर्मीका नरेन्द्र रावलले एक घण्टा ११ मिनेट २५ सकेण्डमा निर्धारित दूरी पार गरे। पुरुषतर्फ एक घण्टा ११ मिनेट ४८ सेकेन्ड र एक घण्टा १३ मिनेट २३ सेकेन्डमा निर्धारित दूरी पार गरी क्रमश: नेपाली सेनाकै रामजी बस्नेत द्वितीय र सशस्त्र प्रहरीका श्रीकेश राई तृतीय भए। 

यस्तै महिलातर्फ २१ किलोमिटर दौडको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेकी छन्। १ घण्टा २८ मिनेट १७ सकेन्डमा निर्धारित दूरी पार गरी उनी उपाधि चुम्न सफल भएकी हुन्। भण्डारीले यसअघि पनि एथेलेटिक्समा थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक हात पारेसकेकी छन्।

यस्तै महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डेले दोस्रो स्थान हासिल गर्दा जुम्लाकी राज्यलक्ष्मी रावतले तेस्रो भइन्। निर्धारित दूरी पाण्डेले एक घण्टा ३२ मिनेट ४३ सेकेन्ड र रावतले एक घण्टा ३६ मिनेट ४० सेकेन्डमा पार गरे। 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने पुरुष तथा महिला खेलाडीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले क्रमश: ५५ हजार, ३० हजार र २० हजार नगदसहित ट्रफी र मेडल हस्तान्तरण गरे। 

यस्तै, ५ किलोमिटर छात्र दौडतर्फ प्रथम अजय विश्वकर्मा, दोस्रो नवराज बानियाँ, तेस्रो रमेश बुढा र छात्रातर्फ प्रथम विमला कार्की, दोस्रो पूर्णिमा बुढाथोकी र तेस्रो लक्ष्मी शाही भए।

उनीहरूलाई क्रमश: १० हजार, ७ हजार र ५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरियो। 

विद्यालयस्तरीय ५ किलोमिटर दौडमा प्रथम भएका ८ वर्षीय बालकलाई प्रोत्साहन पुरस्कारसमेत प्रदान गरियो। प्रतियोगितामा हजारभन्दा बढी जनाले भाग लिएका थिए।

कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग, केएल दुगड ग्रुपको ज्ञान खाद्यान्नको टाइटल स्पोन्सरमा रेस नेपालले प्रतियोगिता आयोजना गरेको हो।

म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको थियो। 

दौड संस्कृतिको विकाससँगै पर्यटन तथा आसन्न १०औँ राष्ट्रिय खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली हाफ म्याराथन आयोजना गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .