ad ad

कोशी


प्रदेश १ का नवनियुक्त प्रदेश सांसदहरूको शपथ आज

प्रदेश १ का नवनियुक्त प्रदेश सांसदहरूको शपथ आज

नेपालखबर
पुस ११, २०७९ सोमबार ११:५८, विराटनगर

प्रदेश १ प्रदेशसभाका नवनियुक्त प्रदेश सांसदहरूले आज शपथ खाने भएका छन्। शपथ समारोह प्रदेशसभा परिसरबाहिर टेन्ट टाँगेर गर्ने तयारी गरिएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार शपथ समारोह प्रदेशसभा सचिवालय प्रदेश १ (विराटनगर) मा दिउँसो साढे १ बजे हुने छ।

सचिव पराजुलीका अनुसार ५ जना सांसदले मातृ भाषामा शपथ खानेछन्। मातृ भाषामा शपथ खाने भनी ५ सांसदले दिएको निवेदनअनुसार उनीहरूलाई मातृभाषा (यक्थुङ र लिम्बू) मा शपथ खुवाउने तयारी गरिएको हो। 

मातृ भषामा शपथ लिनेमध्ये २ जना एकीकृत समाजवादी र माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका एक/एक जना प्रदेशसभा सदस्य छन्।

मातृ भाषामा शपथ खानेहरूमा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो, नेकपा एकीकृत समाजवादीका खिनु लङवा लिम्बू र कमलप्रसाद जवेगु छन्। यस्तै नेपाली कांग्रेसका खगेन सिं हाङगाम र जनता समाजवादीकी समानुपातिक सांसद निर्मला लिम्बूले मातृ भाषामा शपथ खानेछन्। 

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ खानुपर्ने व्यवस्था छ।

नेपालको संविधानको धारा १८२ को उपधारा ५, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम ज्येष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन्। मण्डलले पनि सोही दिन साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ खाने कार्यक्रम छ। प्रदेशसभाका अन्य सदस्यलाई मण्डलले शपथ खुवाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .