कोशी


कोशीमा नेतालाई सुविधा थपिएकोबारे शेखरले भने : सरकारले जनताको आवश्यकताको ख्याल गर्ने हो

कोशीमा नेतालाई सुविधा थपिएकोबारे शेखरले भने : सरकारले जनताको आवश्यकताको ख्याल गर्ने हो

नेपालखबर
माघ १६, २०८० मंगलबार १९:५१, विराटनगर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन्।
    
समुदायमा कांग्रेस अभियानअन्तर्गत आज विराटनगर–७ मा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले जनताका आधारभूत  सुविधा थप्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए।

मुलुकमा लोकतन्त्र नेतालाई मात्र आएको जनतालाई नआएको बताउँदै कोइरालाले अराजकताले नागरिकको आवश्यकता परिपूर्तिमा बाधा उत्पन्न हुने उल्लेख गरे।
    
नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्ने चर्चा गर्दै पार्टीभित्रका  कमीकमजोरीलाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे।

उनले सरकारले सिङ्गिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान गर्ने  आश्वासन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad