झापाको दमकमा आन्दोलनरत पक्षले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
पाथीभरामा केबलकार बनाउन नहुने भन्दै यातायात अवरोध गर्दै हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेपछि दमक तनावग्रस्त भएको हो। प्रदर्शनकारीले दुई वटा गाडी तोडफोड गरेका छन्।
गाडीमा तोडफोड गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बन्द कर्ताले प्रहरीमाथि ढुंगा मुढा प्रहार गरेका थिए।
अहिले अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरीको भनाई छ।
150
Shares

प्रतिक्रिया