सङ्खुवासभाको खाँदबारी नगरपालिका-८ पिप्लेमा शनिबार (आज) महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार खाँदबारी-८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो।
आज बिहान ५ बजे पोख्रेलको शव घरभन्दा ५ सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताएका छन्।
उनी शुक्रबार राति ८ बजेदेखि हराएकी थिइन्
प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताएका छन्।
उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ।
1.3k
Shares

प्रतिक्रिया