कोशी


धनकुटामा बोलेरो दुर्घटना, २१ जना घाइते, ४ जना गम्भीर

धनकुटामा बोलेरो दुर्घटना, २१ जना घाइते, ४ जना गम्भीर

सुमन सुस्केरा
साउन २५, २०८२ आइतबार १४:१६, विराटनगर

धनकुटामा बोलेरो दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। धनकुटा नगरपालिका-८ टेकुनालास्थित भित्री ग्राभेल सडक खण्डमा बोलेरो पिकअप दुर्घटना भएको हो।  

आइतबार बिहान करिब १०ः३५ बजे टेकुनालाबाट धनकुटातर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट पल्टिएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। रेफर गरिएका घाइतेहरूमा धनकुटा नगरपालिका-८ की ४५ वर्षीया रेनुका राई, धनकुटा नगरपालिका-७ का ३८ वर्षीय जितबहादुर राई, धनकुटा नगरपालिका-८ का ९० वर्षीय हर्कलाल राई र धनकुटा नगरपालिका-७ का ६२ वर्षीय गुणराज श्रेष्ठ रहेका छन्।

बाँकी १७ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। अस्पतालमा उपचाररत घाइतेहरूमा चतुरलाल डंगोल, रोनिता श्रेष्ठ, रिमा डंगोल, राजन राई, निशु लिम्बु, राम श्रेष्ठ, मोहन डंगोल, सविना डंगोल र रिमा डंगोल (दुई जनाको नाम समान) रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ। दुर्घटनामा परेर घाइते भएकाह सबैजना लाखेमा सहभागी हुन धनकुटा बजार आउँदै गरेको ब्यक्तिहरु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad