कोशी


सुनसरीमा निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र ठेकेदार र कामदार मृत भेटिए

सुनसरीमा निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र ठेकेदार र कामदार मृत भेटिए

घटनास्थल


सुमन सुस्केरा
साउन २८, २०८२ बुधबार १२:३६, विराटनगर

सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र बुधबार दुई पुरुष मृत फेला परेका छन्।

माेरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी याेगराज खतिवडाका अनुसार सोही नगरपालिकाका वडा नम्बर २ बस्ने ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई सेप्टिक ट्यांकीभित्र मृत भेटिएका हुन्।

तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीले जनाएको छ।

बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेप्टिक ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा टोली घटनास्थल पुगेको थियो। 

घटनाबारे थप अनुसन्धान गर्न बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बाेलाइएकाे छ। त्यसपछि मात्रै कारण खुल्ने अपेक्षा गरिएको डीएसपी खतिवडाले बताए।

घटनाका विषयमा प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

घटनास्थल इप्रका दुहबीबाट करिब दुई किलोमिटर पूर्व पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad