कोशी


२ सय बोरा अनुदानको युरिया मल लुकाउने व्यापारी पक्राउ

२ सय बोरा अनुदानको युरिया मल लुकाउने व्यापारी पक्राउ

सुमन सुस्केरा
भदौ १८, २०८२ बुधबार १३:१७, विराटनगर

सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बोरा अनुदानको मल लुकाएर कालोबजारी गरेको आरोपमा एक जना व्यवसायी उदयपुरबाट पक्राउ परेका छन्। 

उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गएको अनुगमन टोलीले चौधरीले सञ्चालन गरेको स्टोर्सबाट गत भदौ १२ गते  २ सय बोरा युरिया मल  बरामद भएको थियो। किसानलाई उपलब्ध गराउन ल्याइएको युरिया मल लुकाएर राखेको फेला पारेपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएको थियो। 

छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धानका लागि व्यवसायी चौधरीलाई नियन्त्रणमा लिएको प्रजिअ लुइँटेलले नेपाल खबरलाई बताए।

पक्राउ परेका चौधरीमाथि  उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

बरामद भएको युरिया मल नगरपालिकाले वडाहरूमार्फत किसानलाई वितरण गरिसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad