प्याजलाई अत्यन्त पुरानो वनस्पति मानिन्छ। प्राचीन इजिप्ट (मिश्र) मा पनि प्याजलाई औषधीका रूपमा प्रयोग गरिन्थ्यो।
भारतका प्राचीन चिकित्सा विज्ञानका विद्वानहरूले प्याजले मानिसको शरीरमा विभिन्न रोग विरुद्धको प्रतिरोधात्मक शक्ति बढाउँछ भन्ने कुरा उल्लेख गरेका छन्।
प्याज सुकेको वा हरियो दुवै रूपमा प्रयोग गरिन्छ । प्याजको पात तथा जरा भोजनका लागि प्रयोग हुन्छ । प्याजमा रहेका औषधीय गुणहरूले यसलाई झन् मूल्यवान बनाएका छन् ।
प्याजमा सल्फर नामक तत्व रहेको हुन्छ । यसै तत्वका कारणले प्याजको रसमा कीटाणुहरू मार्ने शक्ति हुन्छ । यसले पेटका बिरामीका समस्या समाधान गर्न पनि ठूलो सहायता गर्छ ।
आयुर्वेदमा प्याजले मधुमेहका बिरामीहरूलाई फाइदा गर्ने कुरा दर्शाएको छ भने उच्च रक्तचापका बिरामीहरूलाई पनि यसको सेवनले फाइदा हुन्छ । प्याजमा रहेको विशेष तत्वले रगतमा बढी भएको लिपिड (एक प्रकारको बोसो) घटाउन मद्दत गर्छ भन्ने कुरा अनुसन्धानले देखाएको छ।
प्याजले यी समस्याको निवारण गर्छ
घरेलु प्रयोग कलेस्टेरोलमा (रगतमा रहेको बोसो)
प्याजलाई मसिनो गरेर काटेर एक कप मोही र आधा चम्चा मरिचका धुलोसँग खाने। यसको प्रयोग दिनहुँ गर्नुपर्छ।
घाँटी दुखेको, खोकी लागेको बेलामा
एक चम्चा प्याजको रसमा एक चम्चा मह मिसाएर खाने । प्याजलाई गोलो पारेर काटी महमा पुरै भिज्ने गरी राख्ने र ८९१० घण्टा भिज्न दिने अनि यसबाट निस्केको रस पिउने। ।
अपच भएको बेलामा
आधा प्याज र अदुवाको सानो टुका मसिनो पारेर काट्ने र बिरेनुनसँग मिसाएर खाने ।
छाला पाकेको ठाउँमा
छालाको पिप भरिएको घाउलाई राम्ररी पकाउन एउटा प्याजलाई जैतुनको तेल सँग तताउने र मनतातो भएपछि पाकेको ठाउँमा राखेर पातलो कपडाले छोप्ने।
नाक बन्द भएका बेलामा
प्याजलाई कारेर त्यसलाई नाकको नजिक लगेर सुँघ्ने र लामो सास फेर्ने । (केही मानिसहरू नाक बन्द भएका बेला प्याजको रस निकालेर नाकमा थोपा थोपा गरेर हाल्छन्) यसो गर्दा नाक त खल्छ तर अति नै पोल्छ।
खाला लागेका बेलामा
प्याजलाई मसिनो पारेर काट्ने दहीसँग मिसाएर खाने र यसमा नुन पनि हाल्न सकिन्छ।
प्रतिक्रिया