ad ad

जीवनशैली


वायु प्रदूषणबाट स्वास्थ्यमा पर्ने ८ असर र जोगिने उपाय (भिडिओ)

वायु प्रदूषणबाट स्वास्थ्यमा पर्ने ८ असर र जोगिने उपाय (भिडिओ)

फोटो/भिडिओ : विशाल कार्की, सरोज नेपाल


डा. पंकज देव
बैशाख २, २०८१ आइतबार ८:५६, काठमाडौँ

प्रदूषण मानव जीवनका लागि ठूलो समस्या बन्दै गएको छ। पछिल्लो समय काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्षमा स्थानमा पुगेको छ। वायु प्रदुषणका थुप्रै कारण छन्। वायु प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धुलोलाई मानिन्छ। 

कलकारखाना या जंगलको डढेलोबाट हानिकारक तत्व हावामा मिसिन्छन्। जसले पर्यावरणमा प्रदूषण फैलाउँछ। यो मौसममा देशका विभिन्न स्थानमा डढेलो लाग्छ, पहिलो चरणमा धुवाँ हावामा मिसिन्छ, अर्को चरणमा खरानी हावामा मिसिन्छ र प्रदूषण फैलिन्छ। 

वायु प्रदूषणका कारण दिनप्रतिदिन मानवीय स्वास्थ्य बिग्रँदो छ। \

भिडिओ

 

वायु प्रदूषणका कारण
–धुलो
–कलकारखानाबाट निस्कने धुवाँ
–धुँवा निकाल्ने साधनहरु
–वनजंगलमा डढेलो
–काठ, इन्धन, वा फोहर तथा प्लास्टिक बालेर निस्कने धुँवा
–धुम्रपानको धुँवा आदिबाट निस्कने ग्यासहरु। जस्तै– कार्बनडमइअक्साइड, मिथेन, नाइट्रसअक्साइड, अमोनिया, सल्फरडाइअक्साइड, सिसा, आदि वायु प्रदूषणको मुख्य कारणहरु हुन्।

वायु प्रदूषणका कारण स्वास्थ्यमा हुने असर
–मुटु तथा रक्तनली सम्बन्धी रोगको जोखिम वृद्धि 
–श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, दमको रोग
–श्वासप्रश्वास अवरोध हुने दीर्घ रोग
–फोक्सोको क्यान्सरको जोखिममा वृद्धि
–मस्तिष्काघातको जोखिम वृद्धि 
–आँखा, नाक र घाँटीको संक्रमणहरुको जोखिम वृद्धि 
–कम तौल भएको बच्चा जन्मने 
–अवधि नपुग्दै बच्चा जन्मने 

प्रदूषित हावाबाट कसरी बच्ने?
प्रदूषित हावाबाट बच्न सकेसम्म घरबाट बाहिर ननिस्कने। निस्किँदा पनि नियमित रूपमा मास्कको प्रयोग गर्ने। प्रदूषण बढेका बेलामा हामीले विशेष ध्यान दिनुपर्छ र नियमित रूपमा मास्क तथा चस्मा लगाउने गर्नुपर्छ। प्रदूषण बढेका बेलामा विशेषगरी बिहान र साँझका बेलामा घर बाहिर निस्कनु हुँदैन।

प्रदुषित वायुका कारण कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा चिकित्सकको सल्लाह अनुसार औषधि खानु पर्छ। 

(डा. पंकज देव थापाथलीस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिकका छाती रोग विशेषज्ञ हुन्)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .