ad ad

जीवनशैली


बेसिजनमा आँप खाँदै हुनुहुन्छ? लाग्नसक्छ क्यान्सर र झाडापखाला

बेसिजनमा आँप खाँदै हुनुहुन्छ? लाग्नसक्छ क्यान्सर र झाडापखाला

नेपालखबर
जेठ १९, २०८० शुक्रबार २२:३, काठमाडौँ

जेठ अन्तिमतिर पाक्नुपर्ने आँप अहिले काठमाडौं लगायत तराईका जिल्लाहरूमा छ्यापछ्याप्ती पाइरहेका छन्। 

विषादी प्रयोग गरेर पकाइएका आँप वैशाख लागेलगत्तै बजारमा बिक्रिवितरण भइरहेका छन्। 

विषादी रसायन हालेर पकाएका ती आँपले तत्कालीन र  दिर्घकालीन असर गर्ने भएकाले स्वास्थ्य विज्ञहरु नखान आग्रह गर्दै आइरहेका छन्। 

सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनपछिल्लो समय बजारमा देखिने आकर्षक आँपलाई चाडो बजारमा ल्याउनका लागि मानव शरीरमा हानी पुर्‍याउने रसायनहरू मिसाइएकाले खान योग्य नहुने सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन्। 

अहिले बजारमा पकाइएका आँपहरू देख्दा राम्रो देखिन्छ तर खाँदा भने तत्कालै र दीर्घरूपमा असर गर्ने भएकाले त्यस्ता आँप नखान डा. पुनले आग्रह गरेका छन्। 

डा.पुनका अनुसार, सिजन अगाडि नै आँप पकाउनलाई क्याल्सियम ‘कार्बाइड’ आर्सेनिक र फोस्फरस जस्ता रसायनहरू पनि मिसाईको हुन्छ। 

ती रसायनहरू मिसाइएका आँपहरु खादा झाडापखाला लाग्ने, रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने, आउँ पर्ने, सास फेर्न असहज हुने, जीउ आलस्य हुने, टाउको भारी हुने, धड्कन बढ्ने र क्यान्सर समेत हुन सक्ने उनले बताए। 

‘यति भनिरहँदा म यसको विज्ञ होइन,’ डा. पुनले भने, ‘रसायनले शरीरमा पार्नसक्ने असर मात्र भन्न सक्ने हो। अहिले बजारमा कस्ता आँप आइरहेका छन् भनेर सम्बन्धित निकायले अनुमगन गर्नुपर्छ।’

आँप खान मन लागे पनि विषादीयुक्त आँप होइन भनेर पहिचान गरेर मात्र खानु पर्ने करामा उनले जोड दिए। 

रसायन मिसाएको आँपलाई लामो समय पानीमा राख्दा रंगमा परिर्वतन आउने, बास्न हराउने, खाँदा रस नहुने हुन्छ। आँप किन्दा सेतो धुलो र कालोकालो दाग समेत देखिने उनले बताए।  

विषादी हालेर पकाइएका फलफूलहरू बेच्न नपाउने कानून भारतमा बने पनि नेपालमा त्यस्तो कानुन बन्न नसक्दा खुलमखुल्ला बिक्रि भइरहेको डा. पुन बताउँछन्।

आयुर्वेद डा. प्रकाश ज्ञवालीरसायन प्रयोग गरेर पकाएर र पहेंलो बनाएर भारतबाट नेपाली  बजारमा ल्याईएका आँपहरु खादा मिर्गौला र कलेजोलाई समेत असर गर्ने आयुर्वेद डा. प्रकाश ज्ञवालीले जानकारी दिए। 

व्यापारीहरुले बढी मुनाफा आर्जन गर्ने उदेश्यले सिजन पहिला नै विषादी प्रयोग गरी पकाएका आँपले नसर्ने रोगहरूलाई पनि बढुवा दिइरहेको उनले बताए। 

‘अहिले आँप पाक्ने मौसम भएको छैन्। हावाहुरीले झारेका आँपलाई अत्याधिक  ‘कर्बाईड’ हालेर बजारमा बिक्रि गरहेका छन्,’ डा. प्रकाशले भने, ‘अहिले बेच्दा आँप पनि मंहगोमा जान्छ तर स्वास्थ्यमा निकै हानि पुर्‍याउँछ।’

असारको पहिलो हप्तातिर मात्र आँप निर्धकले खान मिल्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .