ad ad

जीवनशैली


अनुलोम विलोम कसरी गर्ने, यसले के फाइदा गर्छ?

अनुलोम विलोम कसरी गर्ने, यसले के फाइदा गर्छ?

नेपालखबर
पुस २६, २०८० बिहिबार १६:३८, काठमाडौँ

स्वस्थ जीवनशैलीका लागि खानपानसँगै योगको पनि उत्तिकै महत्व छ। हाम्रो दैनिक जीवनमा योगको ठूलो महत्व छ। दैनिक रुपमा जसले योग गरिरहेका हुन्छन् उनीहरु धेरै रोगलाई टाढा धकेलिरहेका हुन्छन्।

योगले रोगलाई मात्र टाढा भगाउँदैन मानसिक तनाव कम गर्न पनि मद्धत गर्छ। जब तनाब कम हुन्छ व्यक्ति यसै पनि स्वस्थ र फिट रहन्छ।

अनुलोम विलोम पनि योगको एक हिस्सा हो। यसले मानसिक तनाव र रोगबाट टाढा राख्न सहयोग गर्छ भन्ने कुरालाई सिद्ध गरिसकेको छ।

तपाइँ दैनिक जीवनमा कम्तीमा १० मिनेट भएपनि यसको अभ्यास गर्नुहुन्छ भने तन र मन दुवैलाई स्वस्थ्य राख्न सक्नुहुन्छ। आज हामी तपाइँलाई बताउँछौँ की अनुलोम विलोम कसरी गर्ने र यसले के फाइदा गर्छ।

अनुलोम विलोम कसरी गर्ने?
सबैभन्दा तपाइँ यो बुझ्नुहोस् की अअनुलोम विलोम एउटा योग हो। यो शरीरलाई स्वस्थ राख्नका लागि एकदमै हितकारी छ।

अनुलोम विलोम गर्नुभन्दा पहिला आरामसँग बस्नुहोस्। सक्नुहुन्छ पद्मासनमा बस्नुहोस्। सक्नुहुन्न भन्ने आफूलाई सहज हुने तरिकाले पलेटी कसेर बस्नुहोस्। यस्तोमा कम्मर, ढाड र टाउकोलाई सिधा राख्नुहोस्।

अब बायाँ हातलाई घुँडामाथि ज्ञान मुद्रामा राख्नुहोस्। अब बाँयातर्फबाट सास लिनुहोस् र दायाँतर्फबाट बिस्तारै सास छाड्नुहोस्। यही प्रक्रियालाई पुनः दोहोर्याई राख्नुहोस्।

अनुलोम विलोमबाट हुने फाइदाहरु
१, आँखाका लागि निकै लाभकारी
अनुलोम विलोक गर्नाले शरीरमा अक्सिजनको आपूर्ति ठिकसँग हुन्छ। यस्तोका आँखाको समस्यामा पनि सुधार आउँदै जान्छ। यदी तपाइँ आफ्नो आँखालाई स्वस्थ राख्न चाहानुहुन्छ भने दैनिक अनुलोम विलोम गर्नुहोस्।

२. तनावलाई टाढा राख्नुहोस्
अहिलेको समयमा तनाव नलिने र नहुने मान्छे विरलै होलान्। यस्तोमा दैनिक आनुलोम विलोम गर्दा मस्तिष्कमा रक्त सञ्चार राम्रोसँग हुने गर्छ। यसले अक्सिजनको प्रहार बढाउनुका साथै हाम्रो मुड पनि फ्रेश बनाउँछ। यसले चिडचिडापन, घबराहट, निन्द्रा नलाग्ने, डिप्रेसन र शरीरमा हुने कमजोरी जस्ता समस्यालाई नियन्त्रित गर्छ।

३. श्वासको समस्याका लागि
जो व्यक्तिमा श्वास सम्बन्धी समस्या छ उनीहरुका लागि यो योग निकै उपयोगी हुन्छ। यसले श्वास फेर्न प्रक्रियालाई ठिक गर्छ। फोक्सोमा अक्सिजन भरिदिन्छ। यस्तोमा जो केही पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ यो योगाभ्यास गर्नुहोस्।

४. अन्य फाइदा
यसले तपाइँलाई चिसो, रुघा तथा दमको समस्याबाट धेरै हदसम्म बचाउँछ। मासंपेशी प्रणालीमा सुधार गर्छ। पाचन तन्त्र दुरुस्त राख्छ। पुरै शरीरमा शुद्ध अक्सिजन प्रवाह गर्छ।

सावधानी
केही व्यक्तिहरु समय अभावका कारण श्वास लिने र छाड्ने प्रक्रियालाई सहि राख्न सक्दैनन्। यस्तोमा फाइदाभन्दा नोक्सान धेरै हुने गर्छ।

श्वास लिने समयमा आफ्नो ध्यान दुई आँखाको बीचमा रहेको आज्ञा चक्रमा ध्यान एकत्रित गर्नुपर्छ।

कमजोर र एमिनियाबाट पीडित रोगीले यो प्राणायम गर्दा निकै ध्यान दिनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .