साहित्य


कवि राजाराम बर्तौलाको कविताकृति ‘भ्रमित सत्य’ लोकार्पण

कवि राजाराम बर्तौलाको कविताकृति ‘भ्रमित सत्य’ लोकार्पण

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ ५, २०८० शुक्रबार १९:३८, काठमाडौँ

कवि राजाराम बर्तौलाको पहिलो कविताकृति ‘भ्रमित सत्य’ एक समारोहका बीच लोकार्पण भएको छ।

काठमाडौंको बागबजारमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसी भट्टराई र प्रा.डा. सुरेन्द्र केसीले कृति सार्वजनिक गरेका हुन्। 

डा. भट्टराईले कृति विमोचन गर्दै यसभित्र दार्शनिक कविताहरू रहेको चर्चा गरे। उक्त कृतिले समाजका अतिरिक्त दर्शन, आध्यात्मिक र समय बोलेको भट्टराईले बताए। 

उता प्रा.डा. केसीले कविता समाजको अभिव्यक्ति भएको उल्लेख गर्दै बर्तौलाका कविताहरू पठनीय रहेका बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .