ad ad

लुम्बिनी


स्वर्गद्वारीबाट फर्कँदै गरेकाे जिप दुर्घटना : एकजनाको मृत्यु, १४ घाइते

स्वर्गद्वारीबाट फर्कँदै गरेकाे जिप दुर्घटना :  एकजनाको मृत्यु, १४ घाइते

सुदीप भण्डारी
साउन १४, २०७९ शनिबार १५:१९, बुटवल

प्युठानमा  जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

जिल्लाको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा भएको दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका ‍- ३ कि ३२ वर्षकी गुडिया ठाकुरकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी लालबहादुर विश्वकर्माले जानकारी दिए।

रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जिप रिजर्ब गरेर स्वर्गद्वारी गएका थिए।

स्वर्गद्वारीबाट फर्कँदै गरेको लु ३ च ३५३ नम्वरको जिप दुर्घटनामा परेको हो।

 दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ।

उनीहरुलाई उपचारको लागि बुटवल ल्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .